काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५७ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३१ रुपैयाँ ३७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ २९ पैसा रहेको छ । शुक्रबार युरोको मूल्य १ सय ३८ रुपैयाँ ९२ पैसा थियो ।
त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५६ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ५७ रुपैयाँ ६९ पैसा रहेको छ।
