images
images

पोखरा विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान, यस्तो छ समयतालिका


  • 256
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    पोखरा विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान, यस्तो छ समयतालिका

    काठमाडौं । बुद्ध एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकका विभिन्न चार गन्तव्यबाट बिहीबार (हिजो)देखि रात्रिकालीन उडान सुरू गरेको छ।

    बुद्धले बिहीबार काठमाडौं, भद्रपुर, भैरहवा तथा नेपालगञ्जबाट पोखरामा रात्रीकालिन उडान भरेको हो। यी चारै गन्तव्यका जहाजहरुले पोखरामै रात्री विसान  गरेका छन्।   पोखरामा रात्रि विसान भएका चारै गन्तव्यका जहाजले आज बिहान सम्बन्धित गन्तव्यमा उडान भरेका छन् ।

    रात्रि उडान तालिका बनाएर उडान सञ्चालन भएको र यसबाट यात्रुको सहजताका साथै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । “रात्रिकालीन उडानबाट अत्यावश्यक कामकाजी यात्रुलाई सहजता हुनका साथै ‘सिटी लाइफ’ चलायमान बन्नेछ । पर्यटन उद्योगलाई पनि चलायमान बनाउन मद्दत पुग्नेछ”, प्रमुख गौतमले भने ।

    बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार रात्रि उडान भरेर पोखरामा विसान भएका जहाजले आज बिहान पोखराबाट पुनः काठमाडौँ, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् । 

    उनले पोखरालाई हब बनाएर एकसाथ सुरु भएको रात्रिकालीन उडानले यात्रुलाई सहज आवातजावतका साथै मुलुकको पर्यटन विकास तथा स्थानीयस्तरमा थप रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । विभिन्न शिलशिलामा पोखरामा पुग्ने यात्रुले साँझ पोखरा बसाइ तथा घुमफिर गरेर बिहान आफ्नो गन्तव्यमा फर्कन सहज हुनेछ ।

    निर्धारित रात्रिकालीन उडान तालिकाअनुसार भद्रपुर–पोखरा साँझ ६ : ५५ बजे, भैरहवा–पोखरा साँझ ७ :२५ बजे, नेपालगञ्ज–पोखरा साँझ ७ :३० बजे र काठमाडौँ–पोखरा साँझ ७ :३५ बजे रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन ११ मा इन्स्ट्रमेन्ट फलाइट रुल्स (आइएफआर) प्रणाली लागू भएको थियो ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स र सौर्य एयरले काठमाडौँ–पोखरा उडान भर्दै आएका छन् । पोखराको पुरानो आन्तरिक विमानस्थलबाट तारा एयर र समिट एयरले स्टल रुटमा उडान भर्दै आएका छन् ।


    images
    images

    Logo