images
images

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय


  • 269
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

    काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ ।

    केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खांनले राससलाई जानकारी दिए । उनले भने, “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो, गठबन्धन दलसँग छलफल भएको छैन ।”

    जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी थिइन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।

    यस्तै उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालले बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद  यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


    images
    images

    Logo