images
images

श्री एयरलाइन्सले पायो पुनः उडानको अनुमति


  • 339
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    श्री एयरलाइन्सले पायो पुनः उडानको अनुमति

    काठमाडौं । श्री एयरलाइन्सले पुनः उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई उडानको अनुमति दिएको हो । 

    क्यानले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्मका लागि सबै उडानमा रोक लगाएको थियो । श्री एयरलाइन्सका जहाज सुरक्षा जाँचमा उडान भर्न योग्य प्रमाणित भएपछि क्यानले उडान अनुमति दिएको हो । 

    बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको  इन्जिनमा आगो लागेको संकेत देखिएपछि जहाज पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो । सो निर्णयसंगै श्री एयरलाइन्सका सबै आठवटा जहाज ग्राउन्डेड थिए । 


    images
    images

    Logo