images
images

उपराष्ट्रपतिमा महिलाले मात्र उम्मेदवारी दिन पाउने 


  • 348
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    उपराष्ट्रपतिमा महिलाले मात्र उम्मेदवारी दिन पाउने 

    काठमाडौं । उपराष्ट्रपतिमा पुरुषले उम्मेदवारी दिन नपाउने भएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसंगै उपराष्टपतिमा महिला उम्मेदवार चाहिने भएको हो । 

    निर्वाचन आयोग श्रोतका अनुसार, उपराष्ट्रपतिमा उम्मेदवार बन्न महिला हुनुपर्नेछ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको हुनुपर्ने उल्लेख छ ।

    सोहि कानुनी व्यवस्था अनुसार उपराष्ट्रपतिमा पुरूषले उम्मेदवारी दिन नपाउने आयोग श्रोतको भनाई छ । खर्स आर्य समुदायका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपराष्ट्रपतिमा फरक समुदायका उमेदवार पुरुष नै हुन पाउने कि नपाउने भन्ने बहस भइराखेका वेला निर्वाचन आयोगले शुक्रबार दिउँसो वैठक गरेर महिला मात्र उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने व्यवस्था गर्न लागेको हो ।

    नेपालको संविधानको धारा ७० मा राष्ट्रपति वा उपराष्ट्रपति फरक समूदायको हुने विषयमा उल्लेख छ । उपराष्ट्रपतिको उमेदवारी मनोयन भोलि शनिबार हुने भएकाले पनि यो विषय बहसमा आएको हो ।

    आयोगले आज उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतलाई निर्देशन दिदै महिला मात्र उम्मेदवार बन्न पाउने जनाएको छ ।


    images
    images

    Logo