काठमाडौ । पाँच डिआइजी एआईजीमा बढुवा सिफारिश भएका छन् । गृहमन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा ५ डीआईजीको नाम सिफारिश गरेको हो ।
बढुवा समितिको शुक्रवार बसेको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिश गरेको हो । सिफारिससँगै भावी आईजीपीको लाइनमा वसन्त बहादुर कुँवर सबैभन्दा अगाडि देखिएका छन् ।
आईजीपी धीरजप्रताप सिंहको कार्यकाल आगामी चैत १० गते सकिँदैछ । त्यसपछि अहिले बढुवा सिफारिस भएकामध्येबाट एकजना आईजीपी बन्नेछन् ।