images
images

राष्ट्रपति निर्वाचनको लागि सुवास नेम्वाङ खर्च गरे साढे १६ हजार 


  • 244
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    राष्ट्रपति निर्वाचनको लागि सुवास नेम्वाङ खर्च गरे साढे १६ हजार 

    काठमाडौं । राष्ट्रपति निर्वाचनको लागि नेकपा एमालेका उम्मेदवार  सुवास नेम्वाङ साढे १६ हजार खर्च गरेका छन् । निर्वाचन आयोगलाई शुक्रबार बुझाएको विवरणमा चुनावमा १६ हजार ५ सय रुपैयाँ खर्च गरिएको उल्लेख गरेका छन् ।

     शुक्रबार निर्वाचन आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५ सय  रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् । 

     बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

     

     

     

     


    images
    images

    Logo