images
images

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय 


  • 395
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय 

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिकाे  उम्मदेवार बनाउने निर्णय गरेको हो । 

    श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन्। सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २९ मा हुँदैछ भने निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

    निर्वाचन आयोगले राष्ट्रपतिमा खस-आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

     


    images
    images

    Logo