images
images

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने


  • 223
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । 

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ । 

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्नेछ ।


    images
    images

    Logo