images
images

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा 


  • 280
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    प्रभु बैंकको संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ४६ लाख ७४ हजार ३ सय ९६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

    बैंकले संस्थापक सेयरको प्रतिकित्ता भाउ १ सय २३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । उक्त संस्थापक शेयरको लागि बैंकले मिति थप गरेको हो । अव चैत ५ गतेसम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

    आवेदकले प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

     

     


    images
    images

    Logo