काठमाडौं । सुनचाँदी बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बिहीवार प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।