काठमाडौं । एनएलजी इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत २० गते अम्रपाली व्याङ्वेट, बालुवाटारमा बिहान १०ः३० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, लेखा परीक्षकको नियुक्ति गर्ने, लेखरज्ञापनमा संशोधन गर्ने, स्वतन्त्र निर्देशकको स्वीकृति गर्ने लगायतका एजेण्डा रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।