images
images

भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित ७ जनालाई कैद र जरिवाना


  • 257
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित ७ जनालाई कैद र जरिवाना

    काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ । 

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले यही फागुन १६ गते भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । त्यस प्रकरणका दोषीलाई आज सजाय निर्धारण भएको हो । 

    भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा समाज कल्याण परिषद्लाई २० करोडभन्दा बढी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईका अनुसार पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद र दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो र थप छ महिना कैद सजाय निर्धारण भएको छ । 

    पूर्वमन्त्री टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै एक करोड २१ लाख, ८४ हजार चार सय एक जरिवानाको सजाय निर्धारण भएको छ ।

    सातै जनालाई दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो तोकिएको भए पनि फरक फरक कैद सजाय तोकिएको छ । 

    प्रमोद मेहतालाई आठ वर्ष छ महिना कैद, हरिप्रसाद न्यौपानेलाई आठ वर्ष कैद, नुमराज शर्मालाई आठ वर्ष कैद, मदनकुमार लाल कर्णलाई आठ वर्ष कैद र रवीन्द्रकुमार यादवलाई आठ वर्ष छ महिना कैद रहेको छ । कुञ्जबिहारीप्रसाद चौधरीलाई कैद छैन ।


    images
    images

    Logo