काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बुक क्लोजको मिति तय गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत २९ गते वानेश्वर व्यङ्केट थापागाउँ काठमाडौं बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चेत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तसर्थ चैत २ गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको लाभांश लिन र कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन् ।
सो कम्पनीले लगानीकर्तालाई गत वर्षको नाफाबाट २.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।