काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत १६ गते दियालो लर्डस प्लाजा विरगञ्जमा दिउँसो १२ः३० बजे बस्नेगरि सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको ३.३३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।