images
images

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुरु, कति पर्छ भाडा ?


  • 686
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुरु, कति पर्छ भाडा ?

    काठमाडौं ।  चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ ।  सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्न लागेको हो ।

    सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ ।

    नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९ सय ९९ रुपैयाँ र काठमाडौंदेखि नारिता सम्म एकतर्फी भाडा ६५ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ः केजी  ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले, लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ ।


    images
    images

    Logo