images
images

१२० आइसक्रिम उद्योग सञ्चालनमा, ४ अर्ब बढी लगानी


  • 551
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    १२० आइसक्रिम उद्योग सञ्चालनमा, ४ अर्ब बढी लगानी

    काठमाडौं । नेपालमा सञ्चालित आइसक्रिम उद्योगहरुमा ४ अर्ब रुपैयाँ लगानी भएको छ । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघको तथ्यांक अनुसार देशका विभिन्न स्थानमा सञ्चालित १ सय २० उद्योगमा सो बराबर लगानी भएको हो । 

    यी उद्योगहरुबाट वार्षिक ५० लाख लिटर आइसक्रिम उत्पादन हुने गरेको संघले जनाएको छ । यो क्षेत्रमा करिब २ हजार जनशक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेको संघको तथ्यांक छ । 

    संघले फागुन २० गतेलाई आईसक्रिम दिवसको रुपमा मनाउँदै आएको छ । दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै संघले तयारी आईसक्रिम आयातमा लाग्ने करको सम्बन्धमा सरकारको नीतिका कारण आईसक्रिम उद्योगहरु ३० प्रतिशत क्षमतामा मात्र सञ्चालन हुन सकेको जनाएको छ । 

    हाल तयारी आईसक्रिममा सरकारले ९.५ प्रतिशत मात्रै भन्सार महशुल लगाउने गरेको तर आईसक्रिमका कच्चा पदार्थहरु फ्लेवर, कोका पाउडर, धुलो दूध, चिनी लगायतमा ४० प्रतिशतसम्म भन्सार लिने गरेको भन्दै यो नीतिका कारण मासिक २ करोड बढीको आईसक्रिम आयात गर्नुपर्ने अवस्था रहेको जनाएको छ । 

    संघले न्यून क्षमतामा सञ्चालन हुनुको कारण स्वदेशमा पर्याप्त कच्चा पदार्थ उत्पादन हुन नसक्नु समेत रहेको जनाएको छ । आईसक्रिममा प्रयोग हुने दूध, क्रिम, धुलो दूध, मख्खन लगायत पदार्थहरु पर्याप्त रुपमा उत्पादन नहुनेगरेको भन्दै संघले यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । 

     


    images
    images

    Logo