images
images

इन्भेष्टमेन्ट कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब, थपिए दर्जनौं शर्त


  • 495
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    इन्भेष्टमेन्ट कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब, थपिए दर्जनौं शर्त

    काठमाडौं । सरकारले इन्भेष्टमेन्ट कम्पनीको स्थापना गर्न नयाँ शर्तहरु थप गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूची ८ मा रहेको इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्तहरु थप गर्दै यस्तो व्यवस्था गरेको हो । 

    यसअनुसार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा त्यस्तो कम्पनीको चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो कुनै सीमा तोकिएको थिएन । त्यस्तै, कम्पनी स्थापना हुँदाकै बखतमा कम्पनीले लगानी गर्ने क्षेत्रहरु तोक्नुपर्ने र यसको लगानी क्षेत्र नेपाल बाहिर हुन नपाइने व्यवस्था गरिएको छ ।

    कम्पनीको वास्तविक मालिक पत्ता लगाउन त्यसरी स्थापना हुने कम्पनीको अन्तिम हिताधिकारी व्यक्ति समेतच दर्ता गर्दाकै बखतमा खुलाउनेपर्ने शर्त समेत अनुसूचीमा थप गरिएको छ । 

    यसरी स्थापना हुने कम्पनीले शेयर पुँजी बाहेक डिबेञ्चर, बण्ड ऋण लगानी गर्न तथा कुनै पनि प्रकारका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाले गर्नेजस्ता कारोबार गर्न, रियालस्टेट क्षेत्रमा लगानी गर्न, धितोपत्र दलाल वा बजार निर्माताको काम  गर्न नपाउने शर्त थप गरिएको छ । शेल कम्पनीको लगानीमा स्थापित हुन तथा शेल बैंकसँग कारोबार गर्न समेत यस्ता कम्पनीलाई प्रतिबन्ध लगाइएको छ । 

    यसरी सञ्चालित कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत निषेध गरिएको छ । यसरी स्थापना हुने कम्पनीहरुलाई उद्योग विभागले नियमित रुपमा अनुगमन गर्नेगरी जिम्मेवारी तोकिएको छ ।


    images
    images

    Logo