काठमाडौं । नेपाल सरकारले हिमालको सफाईमा खटिएका नेपाली सेनाको टोलीलाई सलामी दस्तुर छुट दिने भएको छ । राजपत्रमा प्रकाशित गर्दै संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले हिमालको सफाईमा खटाईएका ३२ जनाको सलामी दस्तुर नलिनेबारे बताएको हो ।
नेपाली सेनामार्फत कार्यान्वयन हुने सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा, ल्हेत्से, बरुन्चे र अन्नपूर्ण हिमालको सफाइ हुने भएको छ ।
प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १३ जनाको टोलीे सगरमाथा र ल्होत्से हिमालको सफाई का लागि खटिएका छन् । त्यस्तै, सेनानी समिर बहादुर बस्नेतको नेतृत्वमा ९ जना बरुन्चे र सहसेनानी भिम बहादुर भुजेलको नेतृत्वमा १० जना अन्नपूर्णको सफाइमा सहभागी हुनेछन् ।