काठमाडौं । मर्जर पारितको लागि दुई कम्पनीले बोलायो विशेष साधारणसभा बोलाएको छ । साधारणसभा बोलाउनेमा खप्तड लघुवित्त र धौलागिरी लघुवित्त रहेका छन् । दुवै लघुवित्त एक आपसमा मर्ज हुँदैछन् । दुवै लघुवित्तले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । यी दुबै कम्पनीलेहरुले चैत ६ गते विशेष साधारणसभा बोलाएका छन् ।
खप्तड लघुवित्तको विशेष साधारण सभा होटल नमस्ते, अत्तरीयामा विहान १० बजे सुरु हुनेछ भने धौलागिरी लघुवित्त डीसीआरडीसी को सभाहल उपल्लोचौर, बाग्लुङ् मा विहानको १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गर्दैछन् ।
दुबै कम्पनीको सभाले खप्तड लघुवित्त र धौलागिरी लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।



