काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन भएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले यस अघि गत वर्षको नाफाबाट ३८.५० प्रतिशत बोनश शेयर प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन पछि अब शेयरधनीलाई ३४.४५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।
सो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
यस कम्पनीले साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको कारण शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने जनाएको छ ।