काठमाडौं । कृषि विकास बैंकले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले चैत १४ गते आफ्नो केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको २ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ ।
साे सभा प्रयाेजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेकाे छ ।