काठमाडौं । साना किसान लघुवित्तले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत १० गते कृषि विकास कैंकको मेन्द्रीय कार्यालयको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, आरएमडीसी लघुवित्तसँग मर्जर पारित गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ बुक क्लोज गर्ने निर्णय गरेको छ ।