images
images

आरएमडीसी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 439
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    आरएमडीसी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । आरएमडीसी लघुवित्तले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत १० गते अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, साना किसान विकास लघुवित्तसँग मर्जर पारित गर्ने, कार्यालयको ठेगाना परिवर्तन गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo