काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले चैत १६ गते होटल पौवा सिद्धार्थनगर, रुपन्देहीमा दिँउसो १ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।