काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको थियो सो लाभांश आयोगले स्वीकृत गरेको हो ।
कम्पनीले गत आर्थिक बर्ष २०७८र७९ को नाफाबाट कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
उक्त कम्पनीको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।