काठमाडौं । आशा लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले चैत ११ गते संस्ताको केन्द्रीय कार्यालय ककनी, नुवाकोटमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १४.२९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।