काठमाडौं । सुर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले गत वर्षको मुनाफाबाट चुक्त पुँजीको १५ प्रतिशत बोनश शेयर वितरणका लागि प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । साविक वोमी लघुवित्त र साविक सूर्योदय लघुवित्त एक आपसमा मर्जर गर्ने कार्य सम्पन्न भई गत चैत १९ गते देखि एकीकृत कारोवार गरिएको हुँदा एकीकृत कारोवार भएको मिति देखि दुई वर्ष सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण बोनस शेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको कम्पनीले जनाएको छ ।
साथै, एकीकृत कारोवार शुरुवात भएको मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांश कर वापतको नियमानुसार रकम भुक्तानी गर्नुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ



