कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत १७ गते लैनचौर वैंक्वेट, काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सभाले कम्पनीले प्रस्ताव गरेको ८.५३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।