images
images

राष्ट्र बैंकको निर्देशनपछि आशा लघुवित्तको लाभांश घट्यो, अब कति ?


  • 310
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    राष्ट्र बैंकको निर्देशनपछि आशा लघुवित्तको लाभांश घट्यो, अब कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आशा लघुवित्त वित्तीय संस्थाको लाभांश घटेको छ । सोमबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश दर घटाउने निर्णय गरेको हो। 

    कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    अब कम्पनीले १४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

     

     

     


    images
    images

    Logo