images
images

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन


  • 609
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । विमा प्राधिकरणको निर्देशन अनुसार इस्योरेन्सले लाभांश संशोधन गरेको हो । 

    कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

    प्राधिकरणको निर्देशनपछि कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले  हाल कायम चुक्ता पुँजीको ३.३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१७५   प्रतिशत नगद गरि कुल ३.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

    कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

     


    images
    images

    Logo