काठमाडौं । समीट लघुवित्तले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १३.५६२७५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशत नगद लाभांश गरी कुल १४.२७६५८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।