काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले चैत १६ गते हेटेल पौवा सिद्धार्थनगर रुपन्देहीमा बस्नेगथरि सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ फागुन २८ गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।