काठमाडौं । छ्याङदी हाइड्रोपावरले प्रस्ताव गरेको ४० प्रतिशत हकप्रद शेयर रद्द गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैंठकले यस अघि प्रस्ताव गरेको ४० प्रतिशत हकप्रद शेयर रद्द गरि अब १ः१.५ को अनुपातमा अर्थात १ सय ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायले स्वीकृति दिएपछि निष्काशन हुनेछ ।