images
images

छिमेक लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 391
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    छिमेक लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । छिमेक लघुवित्तले साधारणसभा बोलाएको छ । फागुन ४ बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत १० गते मकवानपुरको हटौडास्थित होटल सामनमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले २२ प्रतिशत बोनस शेयर र ३.३६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

    कम्पनीले लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनमा छलफल गर्ने लगायतका एजेण्डा राखेको छ ।  

    यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     

     


    images
    images

    Logo