images
images

नाडेप लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 416
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    नाडेप लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नाडेप लघुवित्तले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत ८ गते नौविसे एग्रो रिसोर्ट नौविसेमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा रहेको छ ।

    उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo