काठमाडौं । २ वाणिज्य बैंकको शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधवार एभरेष्ट बैंकको बोनश शेयर र मेगा बैंकको मर्जर पछिको शेयर नेप्सेमा सुचीकृत भएको हो ।
एभरेष्ट बैंकको १३ प्रतिशत बोनश शेयर पश्चातको १ करोड ३३ लाख ७ हजार ५ सय ४२ कित्ता शेयर सुचीकृत भएको छ । त्यस्तै, साविकको मेगा बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भएसँगै ३४ करोड १२ लाख ८५ हजार ९ सय ४९ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै बिहिबारबाट बैंकको शेयर कारोबार सुरु हुने छ । बैंकको शेयर एनआइएमबी सिम्बलबाट कारोबार हुने छ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि २ सय ३६ रुपैयाँ ८५ पैसाको सुरुवाती मूल्य तोकेको छ ।