काठमाडौं । २ वटा लघुवित्तले साधारणसभा बोलाएका छन् । मंगलवार आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तले सभा बोलाएका हुन् ।
यी दुबै लघुवित्तले फागुन ३० गते साधारण सभा बोलाएका छन्। आदर्श लघुवित्तले गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ भने डिप्रोक्स लघुवित्तले होटल सेभेन स्टार प्रा।लि।, सौराहा, चितवनमा बिहान ११ बजे सभा आह्वान गरेको छ ।
यी दुबै लघुवित्तले मर्जर प्रस्ताव पारित गर्ने, डिडिए प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्न आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने र मर्जर समबन्धि काम कम गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साथै, आदर्श लघुवित्तले २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ११.०५२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि आदर्श लघुवित्तले फागुन १६ गते र डिप्रोक्स लघुवित्तले फागुन १९ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् ।



