काठमाडौं । युनिक नेपाल लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले चैत ४ गते होटल सेन्ट्रल प्लाजा, कोहलपुरमा विहान १० बजे बस्ने गरि सो सभा बोलाएको छ । कम्पनीकोे अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा रहेको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।