काठमाडौं । सपोर्ट लघुवित्तले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत ४ गते दुर्गा पार्टी प्यालेस इटहरीमा बिहान ९ः३० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।