images
images

अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना


  • 401
    SHARES
  • २०७९ फाल्गुण ६ गते शनिबार

    अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी,  लस्सी,  जुसलगायतका  उपभोग्यवस्तु  बिक्री  गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुल्क लिने गरेका छन् । 

    यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुनै वस्तु किन्नुपर्यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् । कुनै  पनि  वस्तु  र  सेवाको  अनुचित  मूल्य  लिनु  कानुनी  रूपमा  अपराध  हो  ।

    विमानस्थलका  पसलले  यात्रुसँग  मूल्यसँगै  गुणस्तरमा  समेत  ठगी  भएको पाइएको छ । वस्तु  र  सेवाका  नाममा  मनपरी  शुल्क  लिनेलाई  नियमन  र  अनुगमन  गरी  अनुचित  कारोबार भएको पाइएमा कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो  ।  विमानस्थलभित्र  एक  कफ  चिया  पिउने  पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । 

    यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो ।

    विभागको  अनुगमन  टोलीले  ढिलै  भए  पनि  अन्तर्राष्ट्रिय  विमानस्थलको  अन्तर्राष्ट्रिय  ट्रर्मिनल  र  आन्तरिक  टर्मिनलभित्र  सञ्चालित  चिया  तथा  कफीलगायतका  नौवटा  पसलको  अनुगमन  गरेर  अनुुचित मूल्य लिनेलाई जरिवाना गरेको छ । विभागका बजार अनुगमन निरीक्षकको टोलीले विमानस्थल परिसरका नौवटा पसलको अनुगमन गरी उनीहरूले गरेको कैफियतअनुसार न्यूनतम ५० हजार र बढीमा चार लाख रुपियाँसम्म जरिवाना गरेको छ ।

    विभागका अनुसार विभागको अनुगमनका क्रममा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेका एयरपोर्ट टी, कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबीपी मार्ट प्रालि, ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि, आन्तरिक टर्मिनलतर्फ न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट (टी, कफी एन्ड कन्फेक्सनरी) सप, (होटल स्वनिङ कफी एन्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज प्रालि तथा होटल स्वनिङ गरी जम्मा नौवटा पसल तथा होटललाई ५० हजारदेखि चार लाख रुपियाँसम्म जरिवाना गरेर एकै दिनमा १५ लाख राजस्व सङ्कलन गरेको छ ।

    अनुगमनका क्रममा अधिकांश विमानस्थलभित्रका पसलले रिलेबलिङ गरेको वा गुणस्तर,  परिणाम,  मूल्य, नापतौलमा हेरफेर गरेको पाइएको विभागका  निर्देशक  भट्टराईले  जानकारी  दिए  ।  विमानस्थलभित्र  रहेका  नौवटा  पसलको  अनुगमन गरिएकामा सबै एउटा न एउटा कारबाहीमा परेको उनको भनाइ छ । देशकै   राजधानीमा   रहेको   अन्तर्राष्ट्रिय   विमानस्थलभित्र  रहेका  पसलमा  उपभोग्य  म्याद  सकिएर रिलेबलिङ गरेका सामान बिक्री गर्नु देशकै लागि लज्जास्पद भएको भन्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताए । 

    विभागको  अनुगमन  टोलीले  उपत्यकाका  विभिन्न स्थानका होटल तथा रेस्टुरेन्टको अनुुगमन गरेको छ । विभागको अनुगमन टोलीले पछिल्लो पटक होटल र रेस्टुरेन्टमा वस्तुु र सेवाको छुुटाछुट्टै शुल्क लिन नपाइने भनेर सर्वोच्च अदालतको फैसलापछि अनुगमनलाई तीव्रता दिएको छ । विभागका निर्देशक भट्टराईले  अदालतको  पैmसलाको  विरुद्धमा  केही  होटल तथा रेस्टुरेन्टले सेवा र वस्तुुको छुट्टाछुट्टै पैसा लिने गरेको पाइएकाले कारबाही वा जरिवाना गरिएको जानकारी दिए । 

     


    images
    images

    Logo