images
images

२ कम्पनीको बोनश शेयर नेप्सेमा सुचीकृत


  • 723
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    २ कम्पनीको बोनश शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । शुक्रवार हिमालयन बैंक र राधि विद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    हिमालयन बैंकको ८ प्रतिशत बोनस शेयर वापतको १ करोड ३ लाख ७४ हजार ९ सय ८० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने राधि विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर वापतको ७ लाख ५९ हजार ९ सय ९० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    सुचीकरणसँगै यी दुबै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo