काठमाडौं । छिमेक लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले कम्पनीको साधारणसभा चैत १० गते विहान ११ बजे हटौडा ४ मकवानपुर स्थित होटल सामनामा बस्नेगरी सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि चैत १० बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जस अनुसार फागुन २४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै सो कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र उक्त सभामा सहभागी हुन सक्नेछन् । सो लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।