काठमाडौं । सबैको लघुवित्तले साधारणसभा बोलाएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन २६ गते मस्र्यांदी भ्यू रिसोर्ट बन्दिपुरमा बिहान १० बजे बस्ने गरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, कुनै घ वर्गका कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने, लेखापरीक्षकको नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।