काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन २४ गते बेस्ट रिसोर्ट नेपाल प्राली पोखरामा बिहान ९ बजे बस्ने गरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, शेयरधनीहरूबाट सञ्चालकको निर्वाचन गर्ने, कुनै कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने, लेखापरीक्षकको नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।