काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन २५ गते युनियन हाउस, काठमाडौंमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।