काठमाडौं । सिभिल लघुवित्तले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन २९ गते बोगनभिल्ला इभेनट्रस, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।