images
images

अनुदान र कमको विवरण माग


  • 329
    SHARES
  • २०७९ माघ २८ गते शनिबार

    अनुदान र कमको विवरण माग

    काठमाडौं । सरकारले स्थानीय तहका विभिन्न निकाय, सङ्घसंस्था र व्यक्तिलाई प्रदान गर्ने  अनुदान र कमको विवरण सबै स्थानीय तहसँग माग गरेको छ । सङ्घीय  सरकारले स्थानीय  तहलाई पठाएको विभिन्न शीर्षकको बजेट र स्थानीय तहको राजस्व सङ्कलनबाट प्राप्त बजेट कुन–कुन शीर्षकमा कति खर्च  भएको छ भने र माग गरेको हो । 

    सरकारले सम्पूर्ण खर्च विवरण अबको पाँच दिनभित्र ७५३ वटै स्थानीय तहले सङ्घीय सरकार लाई  बुझाउनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहले अनुदान दिने निकाय, अनुदान  पाउने व्यक्ति  वा  संस्था, अनुदानको प्रभावकारिता, अनुदानले उत्पादन र उत्पादकत्वमा गरेको वृद्धि, रोजगारीको   सङ्ख्या, गरिबी निवारणमा पर्याएको योगदानलगायतका विवरण स्थानीय तहसँग  माग गरेको    छ  । 

    मन्त्रालयका उपसचिव महेन्द्र सापकोटाले स्थानीय तहले कुन–कुन शीर्षकमा कस्तो अनुदान  प्रदान गर्ने रहेछन् भन्ने जान्नका लागि सङ्घीय सरकाले विवरण माग गरेको बताए  । उनका अनुसार स्थानीय तहले  खर्च गरेको विवरण मागका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रालयमा  लेखिआएको र मन्त्रालयले विवरण उपलब्ध  गराउन सबै   स्थानीय  तहलाई परिपत्र गरि सकेको छ  । 

    मन्त्रालयले गरेको परिपत्रअनुसार अनुदान वितरण गरिसकेको र चालू आर्थिक वर्षमा अनुदान प्रदान गर्ने योजना रहेको सबै विवरण अर्थ मन्त्रालयलाई उपलब्ध गराउनुपर्नेछ  ।  सबै तहका  सरकारबाट  वितरण हुने अनुदानको  विवरण सङ्कलनका लागि  अर्थ  मन्त्रालयबाट निर्देशन भएअनुसार मन्त्रालयले  पनि स् थानीय तहबाट प्रदान गर्ने अनुदानको विवरण  माग गरेको हो ।


    images
    images

    Logo