images
images

गुलाफको फूल आयातमा कडाइ


  • 712
    SHARES
  • २०७९ माघ २८ गते शनिबार

    गुलाफको फूल आयातमा कडाइ

    काठमाडौं । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । 

    भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो । केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै गुलाफको फूल आयात गर्दा रोग–कीरा नभएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गर्ने आयातकर्तालाई मात्रै आयातको अनुमति दिन पत्राचार गरेको हो । 

    केन्द्रका प्रमुख सावित्री बरालले जथाभाबी रूपमा गुलाफको फूल आयात गर्दा हाम्रा बोटबिरुवामा रोग–कीराको जोखिम बढ्न सक्ने हुनाले सचेत गराइएको जानकारी दिइन् । आयात रोक्न नसकिने भन्दै उनले रोग–कीराको जोखिम नहोस् भनेर आयातमा रोग–कीराको मापदण्ड अपनाउन नाकाका कार्यालय सतर्क गराएको बताइन्। 

    बिहीबार अर्को सूचना नगर्दासम्म गुुलाफको फूल आयातमा अनुुमति नदिन भन्सार नाकाका  कार्यालयलाई पत्राचार गरेको केन्द्रले शुुक्रबार त्यसलाई सच्याउँदै रोग–कीरारहित भएको पुुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गरेपछि मात्रै आयातको अनुुमति दिन निर्देशन दिएको छ ।


    images
    images

    Logo