काठमाडौं । नेरुडे लघुवित्तका साधारणसभा आज हुँदैछ । कम्पनीले उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ ।
उक्त सभाले कम्पनीले प्रस्ताव गरेको २२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा सभाको रहेको छ ।
सो सभा प्रयोजनका लागि लघुवित्तले माघ १७ गते बुक क्लोज गरेको थियो ।